मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थितबाट हरिणको सिंङ र लागूऔषध गाँजा सहित एक जना माहिला पक्राउ परेकी छिन् ।
बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय, रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली वडा नम्बर ७ निचामारी टोल बस्ने ५५ बर्षीया सागर देवी यादवको घर खानतलासी गर्दा घरमा लुकाई छिपाई राखेको ४ थान हरिणको सिंङ र १ किलो ६९७ ग्राम गाँजा बरामद भएको कुरा कोशी प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
अबैध रुपमा हरिणको सिंङ र गाँजा बरामद भए संगै पक्राउ परेकी सागर देवी यादवको इलाका प्रहरी कार्यालय, रंगेलीबाट थप अनुसन्धान भइरहेको छ ।