आज गुगल म्याप सबैको आवश्यकता भएको छ । मानिसहरु सहरको जुनसुकै ठाउँमा जानको लागि पनि यसको प्रयोग गर्छन् । न कसैलाई सोध्ने जरुरत छ न बाटो खोज्ने झन्झट । गुगल नक्साले GPS अर्थात् ग्लोबल पोजिसनिङ सिस्टममा काम गर्छ । स्याटेलाइटको सहयोगमा रुटहरू देखाइन्छ । तर कहिलेकाहीँ गुगल म्याप हामीलाई धोका दिन्छ । यस्ता समाचार हामी दिनहुँ पढिरहन्छौँ ।
एक जना मानिस आफ्नी छोरीको जन्मदिन मनाएर फर्कदै थिए । फिल प्याक्सन, दुई छोराछोरीका बुबा, वर्षाको मौसममा राती ड्राइभ गर्दै थिए । उनले नेभिगेसनका लागि जीपीएस प्रयोग गरे । तर त्यसपछि नेभिगेसन प्रणालीले तिनीहरूलाई गलत दिशामा मोडियो । त्यहाँ कुनै ब्यारिकेडहरू थिएनन् । त्यसैले रातको समयमा गाडी भत्किएको पुलबाट तल खसेको थियो । र उनको मृत्यु भयो ।
यो घटना एक हप्ता अघि उत्तरी क्यारोलिनाको हिकोरी सहरको हो । प्याक्सनकी सासु लिन्डा म्याकफी कोएनिगले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परिवारमा भएको क्षतिको बारेमा सेयर गरेकी छिन् ।