You are currently viewing इरानको इस्फाहान सहरमा ड्रोन आक्रमण

इरानको इस्फाहान सहरमा ड्रोन आक्रमण

नेभा, १५ माघ,

इरानको मध्य सहर इस्फाहानमा ड्रोन आक्रमण भएको छ । इस्फाहानमा प्रतिरक्षा उपकरणहरू निर्माण गर्ने एक कम्पनीमा शनिबार ड्रोन आक्रमणमा भयो, कम्प्लेक्सको छानामा सामान्य क्षति पुगेको थियो । इरानको आधिकारिक समाचार एजेन्सीले आइतबार बिहान यो जानकारी दिएको हो । एजेन्सीले रक्षा मन्त्रालयको बयानलाई उद्धृत गर्दै भनेको छ कि इस्फाहानमा रक्षा उपकरण उत्पादन गर्ने कम्पनीलाई शनिबार राति तीन ड्रोनले निशाना बनाएको थियो ।

विज्ञप्ति अनुसार आक्रमणबाट कम्पनीको छतमा सामान्य क्षति पुगेको छ । तीनवटै ड्रोनलाई पछि इरानको वायु रक्षा प्रणालीले खसालेको बताइएको छ । यद्यपी इरानी रक्षा मन्त्रालयले ड्रोन हमलामा कसको हात रहेको आशंका गरेको भन्ने कुरा भने खुलाएको छैन ।

यसै क्रममा इरानको सरकारी टेलिभिजन च्यानलले उत्तरपश्चिमी सहर ताब्रिज नजिकैको औद्योगिक क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा शनिबार राति ठूलो आगलागी भएको जनाएको छ । च्यानलले रिफाइनरीमा आगो निभाउने प्रयास गरिरहेको अग्निनियन्त्रकको भिडियो प्रसारण गरेको थियो । आगलागीको कारण अहिले नै खुल्न नसकेको उनले बताए ।

Leave a Reply