You are currently viewing ५ किलो भन्दा बढी गाँजा सहित राउत प्रहरीको नियन्त्रणमा

५ किलो भन्दा बढी गाँजा सहित राउत प्रहरीको नियन्त्रणमा

नेभा, मकवानपुर, १५ माघ,

प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला, मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोष्ट स्थित सडकबाट एकजना व्यक्तिलाई लागूऔषध गाँजा सहित नियन्त्रणमा लिएको छ ।

नारायणघाटबाट धरानतर्फ जादैं गरेको को १ ख ७९१४ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला, सिरहा करजनहा नगरपालिका वडा नम्बर ८ बस्ने ४२ वर्षको राम सागर राउतलाई पक्राउ गरिएको कुरा जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

उक्त व्यक्तिलाई शंका लागी रितपुर्वक शरीर तथा झोला समेतको खानतलासी गर्दा निजले बोकेको झोला भित्र लुकाई छिपाई गरी ल्याएको अवस्थामा ५ किलो २०० ग्राम लागूऔषध गाँजा फेला परेको हुदाँ उक्त लागूऔषध सहित निज राउतलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला, अदालतबाट १२ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

Leave a Reply