कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरको PIT समुहबाट खटिएको प्रहरी टोलीले बैँङ्किङ कसुर चेक बाउन्स मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
बैँङ्किङ कसुर चेक बाउन्स मुद्दामा उच्च अदालत बिराटनगरको २०७९ साल फाल्गुन २ गतेको फैसला अनुसार ३ दिन कैद र नगद १ लाख ५० पचास हजार रुपैयाँ जरिवाना बेरुजु रही फरार रहेका इटहरी उप महानगरपालिका वडा नम्बर ५ सुनसरीकी ३४ बर्षीया सन्जु बस्नेतलाई खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको छ ।
बस्नेतलाई पक्राउ गरी सम्मानित अदालतमा उपस्थित गराइएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाएको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।