You are currently viewing उदयपुरमा चट्याङ लागेर एकजना महिलाको मृत्यु

उदयपुरमा चट्याङ लागेर एकजना महिलाको मृत्यु

नेभा, उदयपुर, ६ जेठ,

उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ७ सिम्ले स्थितमा हावाहुरी र पानीसंगै आएको चट्याङले लागेर स्थानीय ५३ वर्षीय चन्द्री तामाङ परियारको मृत्यु भएको छ ।

आफ्नै घरमा सुतीरहेको अबस्थामा अचानक हावाहुरी पानी सँगै आएको चट्याङले लागेर परियारको घटनास्थलमानै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरले यस सम्बन्धमा अनुसन्धान गरिरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Leave a Reply