भदौ १, बर्दिया: बर्दियामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार गेरुवा गाउँपालिका–५, जुगुतपुरका १९ वर्षीय सरगम आचार्यले आफ्नै बुवा अन्दाजी ४९ वर्षीय टेकराज उपाध्यायलाई घरको कोठामा कुटपिट गरेका थिए। कुटपिटबाट टेकराज उपाध्यायको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि सरगम आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
स्रोत: नेपाल प्रहरी

