You are currently viewing नदिजन्य पदार्थ उत्खननमा संलग्न सवारी साधन सहित एकजना पक्राउ

नदिजन्य पदार्थ उत्खननमा संलग्न सवारी साधन सहित एकजना पक्राउ

नेभा, उदयपुर, २२ पुस,

अप्रपोष्ट चुहाडेबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका वडा नम्बर ७ चुहाडेबाट अबैध नदिजन्य उत्खननमा संलग्न म.प्र. ०१-००१ त २८४१ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

उक्त नम्बरको ट्याक्टरलाई अबैध नदिजन्य पदार्थ उत्खनन गरि ल्याएको ढुङ्गा लोड गरि ल्याईरहेको अवस्थामा फेला पारी एकजना व्यक्ति सहित सवारी साधनलाई नियन्त्रणमा लिइएको छ ।

व्यक्ति र ट्याक्टरलाई नियन्त्रणमा लिई कार्वाहीको लागी सम्बन्धित स्थानीय तहमा पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

Leave a Reply