You are currently viewing लागूऔषध मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

लागूऔषध मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

नेभा, बिराटनगर, २० पौष,

प्रहरी कार्यालय, बिराटनगर प्रादेशिक अनुसन्धान (PIT) समुहबाट खटिएको प्रहरी टोलीले लागूऔषध मुद्दाका २ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतको २०७५ सालको असार ५ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना २० दिन कैद र नगद ३ हजार रुपैयाँ जरिवाना बेरुजु रहि फरार भएका थिए ।

धरान उपमहानगरपालिका वडा नम्बर १३ को २६ बर्षीय आशिष गुरुङ र सोहि मुद्दामा मोरङ जिल्ला अदालतको २०७८ साल पुष १४ गतेको सजाय निर्धारण फैसलाले १ वर्ष ११ महिना १३ दिन कैद र नगद १ लाख रुपैयाँ जरिवाना भई फरार रहेका ईटहरी उपमहानगरपालिका वडा नम्बर ४ कि ४१ बर्षीया सपना सिंहलाई खोजतालस गर्ने क्रममा गाँउघरमानै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको छ ।

उनिहरुलाई पक्राउ गरी जिल्ला आदालतहरुमा उपस्थित गराएकोमा तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला कारगार पठाईएको कुरा प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Leave a Reply