You are currently viewing नाबालिका माथि करणीको आरोपमा ६० बर्षिय बृद्ध पक्राउ

नाबालिका माथि करणीको आरोपमा ६० बर्षिय बृद्ध पक्राउ

नेभा, गोरखा, ७ फागुन,

फागुन २ गते जिल्ला गोरखा, बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ सौरपानी घुन्चोक बस्ने वर्ष ६० को बुद्धिमान बि.क.लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नाबालिका १२ वर्षकी नाम परिवर्तित (०८०।०८१) भ कुमारीलाई सोहि ठाउँ स्थितमा बलजफ्ती लगी डर-त्रास देखाई जबरजस्ती करणी गरेको घटनामा पीडितको बाबु मार्फत जाहेरी दरखास्त दिइएको थियो । जाहेरी दरखास्त प्राप्त भई निज बुद्धिमान बिकलाई फागुन ४ गते पक्राउ गरिएको थियो ।

फागुन ६ गते निज विरुद्ध जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला, अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ ।

Leave a Reply