You are currently viewing गाडी खोलामा बग्दा बालक सहित २ जनाको मृत्यु, चालक पक्राउ

गाडी खोलामा बग्दा बालक सहित २ जनाको मृत्यु, चालक पक्राउ

नेभा, इलाम, २२ जेठ,

इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ५ चपेटी स्थितमा बोलेरो गाडीलाई खोलाले बगाउदा १ बालक सहित २ जनाको मृत्यु भएको छ ।

दमकदेखि माङ्सेबुङतर्फ जाँदै गरेको लु. १ च ९४९१ नम्बरको बोलेरो गाडीलाई रतुवा खोला पार गर्ने क्रममा खोलामा आएको बाढीले गाडी बगाइ बेपत्ता भएको थियो ।

खबर प्राप्त भएसगै खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा घटनास्थल देखि अन्दाजी २ किलोमिटर आसपासमा माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ की ३१ वर्षीय सर्मिला वानेम र माङ्सेबुङ गाउँपालिका वडा नम्बर ३ का निरु लिम्बुको ३ वर्षीय छोरा निहाङ लिम्बुलाई मृत अवस्थामा फेला पारेको थियो ।

घटनामा परी घाईते भएका २७ वर्षीय निरु लिम्बुको लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । चालक माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ का २२ वर्षीय नेत्रहाङ राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Leave a Reply