You are currently viewing बारामा ६३ लाख बराबरको अबैध समानहरु नियन्त्रणमा

बारामा ६३ लाख बराबरको अबैध समानहरु नियन्त्रणमा

नेभा, बारा, ५ पुष,

जिल्ला प्रहरी कार्यालय, बारा, मातहत ईलाका प्रहरी कार्यालय जितपुरले जिल्ला बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर गाडीहरूलाई रोकी चेकजाँच गर्दा स्रोत नखुलेको बिल बिजक भन्दा बढी र अबैध भन्सार छली ल्याएका सामानहरुलाई नियन्त्रणमा लिएका छन् ।

गन्तव्य तर्फ गएको ना ८ ख ४६८० नम्बरको यात्रुबाहक बस भित्र बिल नभएको अन्दाजी मुल्य रू. २० हजार बराबरको  २०० किलो प्याज, गन्तव्य तर्फ गएको ग १ ख ६०७० नम्बरको यात्रुबाहक बस भित्र बिल नभएको अन्दाजी मुल्य रू. २० हजार बराबरको २०० किलो प्याज, ना ६ ख ७२२७ नम्बरको गन्तव्य तर्फ गएको बस भित्र अन्दाजी मुल्य रू. १६ हजार बराबरको बिल नभएको १६० किलो प्याज हुँदा उक्त गाडीहरुलाई सामान सहित नियन्त्रणमा लिइएको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगंज, बारा द्वारा जिल्ला बारा, जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंज स्थीत गाडीहरुलाई चेकजाँच गर्ने क्रममा गन्तव्य तर्फ गएको बा.प्र.०३-००१ ख २७०६ नम्बरको यात्रुबाहक बस भित्र बिल नभएको अन्दाजी मुल्य रू. ४० हजार बराबरको ४०० किलो प्याज, प्रहरी चौकी पथलैया, बारा द्वारा जिल्ला बारा, जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयामा गाडीहरुलाई चेकजाँच गर्ने क्रममा ना ८ ख ६९०५ नम्बरको डिब्बा ट्रक भित्र बिल भन्दा बढि स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू. ६१ लाख ७२ हजार ६ सय ४ रुपैयाँ बराबरको विभिन्न खुद्रा समानहरु हुँदा र गन्तव्य तर्फ गएको बा.प्र.१-००६ ख ५२५६ नम्बरको यात्रुबाहक बस भित्र बिल नभएको अन्दाजी मुल्य रू. ४४ हजार बराबरको ५५० किलो प्याज हुदाँ उक्त गाडीहरुलाई प्रहरीद्वारा नियन्त्रणमा लिइएको छ ।

अन्दाजी मुल्य रु. ६३ लाख १२ हजार ६ सय ४ रुपैयाँ बराबरको निम्न खुद्रा समानहरू सहित गाडीहरुलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको कुरा जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

Leave a Reply