You are currently viewing अफ्रिकामा वर्षा र पहिरोका कारण घर भत्किँदा १४ जनाको मृत्यु

अफ्रिकामा वर्षा र पहिरोका कारण घर भत्किँदा १४ जनाको मृत्यु

नेभा, अफ्रिका, २७ मंसिर,

पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगो, अफ्रिकी महादेशको दोस्रो ठूलो देश, बाढी र पहिरोको जोखिममा छ ।

रातिदेखि परेको अविरल वर्षाले यहाँको बुकाभु सहरमा जनजीवन अस्तव्यस्त बनेको छ । कङ्गोको बुकाभु सहरमा अविरल वर्षाका कारण पहिरो र घर भत्किँदा १४ जनाको मृत्यु भएको अफ्रिकी समाचाबाट जनाइएको छ ।

इबान्डाको बुकाभु कम्युनमा, जहाँ धेरै मानिसहरू अस्थायी घरहरूमा बस्छन् त्यो वर्षाका कारण भत्किएको थियो । यस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । कम्युन मेयर जीन बालेक मुगाबोले यो जानकारी दिए ।

धेरै मानिसहरु घाइते भएर अस्पतालमा भर्ना भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने उनले बताएका छन ।

Leave a Reply