You are currently viewing सिन्धुपालमा १ जना फरार व्यक्ति पक्राउ

सिन्धुपालमा १ जना फरार व्यक्ति पक्राउ

नेभा, सिन्धुपाल, २५ मंसिर,

सवारी ज्यान मुद्दामा वारदात पश्चात फरार रहेको प्रतिवादी जिल्ला सिन्धुपाल्चोक साविक साँगाचोक गाउँ विकास समिति वडा नम्बर ७ घर भई हाल चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १० बस्ने एकजना फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

५१ बर्ष उमेर भएको पृथ्वी बहादुर खड्कालाई १९ बर्ष पश्चात ईलाका प्रहरी कार्यालय बाह्रबिसे सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले मंसिर २४ गते निजको घरबाट पक्राउ पारेको छ ।

उक्त प्रतिवादीलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय बाह्रबिसे सिन्धुपाल्चोकबाट थप अनुसन्धान कार्य भईरहेको कुरा ईलाका प्रहरी कार्यालय बाह्रबिसेले जानकारी गराएको छ ।

Leave a Reply