You are currently viewing झापामा करेन्ट लागेर १ जना महिलाको मृत्यु

झापामा करेन्ट लागेर १ जना महिलाको मृत्यु

नेभा, झापा, ३१ बैशाख,

झापाको कन्काई नगरपालिका वडा नम्बर २ स्थितमा करेन्ट लागेर १ जना महिलाको मृत्यु भएको छ ।

हिजो आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएकी २३ बर्षीय मिनालाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लागिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय, सुरुङ्गाबाट थप अनुसन्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

Leave a Reply