You are currently viewing कपिल शर्माको ‘ज्विगाटो’ को सुस्त सुरुवात, उद्घाटन दिन पनि ५० लाख पुग्न सकेन

कपिल शर्माको ‘ज्विगाटो’ को सुस्त सुरुवात, उद्घाटन दिन पनि ५० लाख पुग्न सकेन

नेभा, ५ चैत्र,

हास्यकलाकार तथा अभिनेता कपिल शर्मा अभिनित फिल्म ‘ज्विगाटो’ मार्च १७ मा रिलिज भएको छ । नन्दिता दासले निर्देशन गरेको यस फिल्ममा कपिल शर्मा एक डिलिवरी ब्वाई मानसको भूमिकामा छन् जसले आफ्नो परिवारको हेरचाह गर्न धेरै संघर्ष गर्छन् । ट्रेलर रिलिज भएदेखि नै दर्शक फिल्मको प्रतिक्षामा थिए तर उनीहरुका अनुसार फिल्मको ओपनिङ डे कलेक्सन खासै हुन सकेको छैन । फिल्ममा कमेडियन तथा अभिनेता कपिल शर्मासँगै शाहना गोस्वामी मुख्य भूमिकामा देखिएकी छिन ।

 ‘ज्विगाटो’ ले उद्घाटन दिनमै दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छैन । ट्रेन्ड एनालिस्ट तरण आदर्शले आफ्नो ट्विटमा फिल्मले कुल ४२ लाखको व्यापार गरेको बताएका छन् । तरण आदर्शले ट्विटमा लेखेका छन्, ‘फिल्म ज्विगाटो सीमित ४०९ स्क्रिनमा रिलिज भएको छ र पहिलो दिन सुस्त स्कोर ल्याएको छ । यो हप्तामा राम्रो कमाइ गर्ने अपेक्षा गरिएको छ, शुक्रबार फिल्मले ४२ लाख कमाएको छ ।

Leave a Reply