जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नम्बर बसपार्क स्थितमा ईलाका प्रहरी कार्यालय सिराहाबाट प्रहरी हवल्दार शिवशंकर मण्डलको कमाण्डमा खटिएको गस्ति टोलीले शंका लागि चेकजाँच गर्दा एकजना व्यक्तिलाई पक्राउ गरिएको छ ।
भारतको मधुवनि जिल्ला ग्राम पंचायत पिपराही लदनिया बस्ने अन्दाजी २४ वर्षको साहिद अहमदले राजनिवासको झोला भित्र लुकाई छिपाई ल्याएको DIAZEPAM INJECTION I.P 2ML लेखिएको एम्पुल ६ थान, ABBOTT (PHENERGAN) 2ML लेखिएको एम्पुल ६ थान, BUPRENORPHINE INJECTION लेखिएको एम्पुल ६ थान र Nitravete-10 लेखिएको ट्याबलेट ८६ थान लागूऔषध सहित निजलाई नियन्त्रणमा लिइएको छ ।
सिरहा जिल्ला अदालतबाट दिन १५ को म्याद लिई ईलाका प्रहरी कार्यालय, मिर्चैया सिराहाबाट थप अनुसन्धान कार्य भइरहेको कुरा प्रहरी निरिक्षक उदयभान द्विवेदीले जनाएका छन् ।