You are currently viewing रकम पठाउँदा अधिकारिक माध्यमबाट पठाउन साइबर ब्यूरोको अनुरोध

रकम पठाउँदा अधिकारिक माध्यमबाट पठाउन साइबर ब्यूरोको अनुरोध

नेभा, १८ मंसिर,

हालै भएको गतिविधिको विकाससँगै अपराधीहरुले विभिन्न सामाजिक सञ्जालहरुको दुरुपयोग गरेर विभिन्न झुटा प्रलोभनमा पारेर साइबरजन्य ठगी गर्नेगरेको पाइएको छ । त्यसैले यस्ता झुठो कुरामा नपरेर ठगिनुबाट बाच्न नेपाल प्रहरी साइबर ब्यूरोले अनुरोध गरेको छ ।

वैदेशिक रोजगारमा रहेका कतिपय नेपाली नागरिकले केही रकम जोगाउनको लागि प्रलोभनमा परी अवैध तरीकाले नेपालमा रकम पठाउने व्यक्तिसँग सम्पर्क गरीरहेका छन् । ‘यो रकम नेपालमा रहेको मेरो परिवार वा आफन्तलाई पाउने गरी पठाई दिनु’ भनी दिने गरेको पाईएको छ ।

यसरी विदेशी रकम प्राप्त गरे पश्चात निज अमुक व्यक्तिले हुन्छ म तपाईले भनेको व्यक्तिको नेपालमा रहेको बैंक खातामा यस बराबारको सटही नेपाली रकम जम्मा गरिदिन्छु भन्ने कुरा खुल्न आएको छ ।

उक्त व्यक्तिले विभिन्न अनलाइन सम्बद्ध ठगीको माध्यमबाट प्राप्त गैरकानूनी रकम निजले भनेको व्यक्तिको नेपाल स्थित बैंक खातामा जम्मा गराइदिने गरेको तथ्य साइबर ब्यूराको अनुसन्धानबाट खुलेको छ ।

विदेशमा परिश्रम गरी कमाएको रकम Fraud/Scam Money मा रुपान्तरण हुँदा कानुनी कारबाहीको भागीदार हुनु पर्ने अवस्था सृजना हुने हुँदा विदेशबाट रकम पठाउँदा अधिकारिक माध्यमबाट मात्र पठाउन हुन नेपाल प्रहरी साइबर ब्यूरोले जारी गरेको बिज्ञप्तिबाट जानकारी गराइएको छ ।

Leave a Reply