You are currently viewing बीएमसीको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

बीएमसीको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

पपुलरसिस, बीरगंज, माघ १७,

बीरगञ्ज मेघा कलेज (बीएमसी)को आयोजनामा कक्षा ११ मा अध्ययनरत व्यवस्थापन तथा कानूनतर्फका विद्यार्थीहरुका लागि एक दिने प्रशिक्षण कार्यक्रम शनिवार एक कार्यक्रमबीच सम्पन्न भएको छ ।

पर्सा जिल्ला अदालतका न्यायधिस धर्मराज पौडेलको प्रमुख आतिथ्य तथा अर्का न्यायधिस विष्णु प्रसाद अर्यालको मुख्य आतिथ्य र बीएमसीका शम्भुप्रसाद गुप्ताको अध्यक्षतामा उक्त एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कसैले ‘मलाई कानूनको जानकारी थिएन’ भनी गरिएको अपराधलाई उन्मुक्ति दिन नसकिने हुनाले नेपालको ऐनकानून तथा सम्वीधानको बारेमा सबै नेपालीहरुले जान्नै पर्ने कुरामा न्यायधिश पौडेलले विशेष जोड दिएका थिए ।

देश संघियतामा गए पश्चात कानुन विषयको अध्ययनमा विद्यार्थीहरुको विशेष अभिरुचि बढ्नुका साथै यसमा उज्जवल भविष्य बनाउनु तथा समाजलाई पनि सेवा गर्न सकिने पेशा बन्दै गएको कुरा अर्का विशिष्ट अतिथी न्यायधिश विष्णु प्रसाद अर्यालले बताएका थिए ।

बीरगञ्जको नगर सभागृहमा आयोजित उक्त कार्यक्रममा नेपाल बार एसोसिएशन, पर्सा शाखाका नव निर्वाचित अध्यक्ष ओमप्रकाश गुप्ता, नेपाल रेल्वे माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश चौरसिया, बीएमसीका प्रिन्सिपल दिपेन्द्रप्रसाद कानु लगायत अन्य शिक्षकशिक्षिकाहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

“Study Motivation for Exams’ विषयमाथि आयोजना गरिएको प्रशिक्षणलाई संतोषकुमार कर्ण तथा दिपेन्द्रप्रसाद कानुले सहजिकरण गरेका थिए ।

सांस्कृतिक कार्यक्रम समेत रहेको उद्घाटन कार्यक्रम सञ्चालन शिक्षक चन्द्रिका पटेलले गरेका थिए भने अर्का शिक्षक बलराम श्रेष्ठ तथा शिक्षिका मेनुका ठाकुर लगायतले पनि आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply