You are currently viewing बारामा लागूऔषध सहित २ जना पक्राउ

बारामा लागूऔषध सहित २ जना पक्राउ

नेभा, बारा, २६ मंसिर,

जिल्ला मकवानपुर, हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रातोमाटे चेकपोष्ट बाट बा. १४ च ३७०८ नम्बरको मारूती सुजुकी कार चेक जाँच नगराई फरार भएको थियो ।

गाडी फरार रहेको भनि सूचना प्राप्त हुन साथ तत्काल जिल्ला प्रहरी कार्यालय, बारा तथा जिल्ला प्रहरी कार्यालय, मकवानपुर समेतबाट खोज तलासको लागि खटिएको बिशेष प्रहरी टोलीले उक्त गाडीलाई जिल्ला बारा, जितपुर सिमरा उपमहानगपालिका वडा नम्बर २२ स्थित चुरियामाई मन्दिर नजिको जंगलमा लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

गाडीलाई चेकजाँच गर्दा २६ किलो ८०० ग्राम अबैध लागूऔषध चरेश र गांजा बरामद गरी गाडीमा सवार कार चालक जिल्ला चितवन साविक मेघौली गाउँ विकास समिति वडा नम्बर ६ को निवासी हाल भरतपुर मकवानपुर महानगरपालिका वडा नम्बर २७ मा बस्ने ४२ बर्षको रोशन बहादुर दमई र कारमा सवार जिल्ला चितवन माडी नगरपालिका वडा नम्बर ६ मा बस्ने ५२ बर्षको देव नारायण महतो गरी २ जना मानिस सहित गाडीलाई नियन्त्रणमा लिइएको छ ।

गाडीमा सवार २ जना मानिस सहित गाडी नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया गरी थप अनुसान्धान कार्य भईरहेको कुरा जिल्ला प्रहरी कार्यालय, बाराबाट जनाइएको छ ।

Leave a Reply