You are currently viewing म्याराथन प्रतियोगीतामा पटेलले हात पारे प्रथम स्थान

म्याराथन प्रतियोगीतामा पटेलले हात पारे प्रथम स्थान

नेभा ५ चैत्र,
शनिबार चैत्र ४ गते स्टडी स्क्वायर, अन्तराष्ट्रिय शैक्षीक परामर्शदाता कम्पनीले आफ्नो तेस्रो शाखा बीरगंजमा विस्तार गरेको छ । सोहि शाखाको उद्घाटन समारोहको अवसरमा म्यराथन प्रतियोगिताको आयोजना गरिएको थियो ।

सो शाखाको उद्घाटन मधेश विश्वविद्यालयका रजिष्ट्रार विजय यादवले गरेका थिए । नेपालको परम्परागत पाठ्यक्रमले नेपाली विद्यार्थीहरुलाई आकर्षित गरेर रोजगार सृजना गर्न नसकेकोले नै ठूलो संख्यामा विद्यार्थीहरु विदेश अध्ययन गर्न बढ्दै गइरहेको तथ्याङ्क डरलाग्दो छ तर रेमिटान्सका साथै नयाँ आधुनिक शिक्षा पद्दति भित्रयाउन सहयोग मिलेको कुरा राजिष्ट्रार यादवले बताउनुभयो ।

उक्त म्याराथन प्रतियोगितामा बीरगंजका स्कूल तथा कलेजमा अध्ययनरत कक्षा ९ देखि १२ का विद्यार्थी भाइबहिनीहरुको उल्लेखनिय सहभागिता थियो । म्याराथन प्रतियोगिताका लागि स्टडी स्क्वायरको कार्यालय, श्रीपुर (नेपाल टेलीकमको सामुने) देखि शुरु भएर घण्टाघर, माइस्थान, आदर्शनगर, लक्ष्मी बैंक चौक, घडिअर्वा पोखरी, माइस्थान हु“दै कार्यालय स्थानमा समापन भएको थियो ।

उक्त म्याराथन प्रतियोगितालाई पुष्पराज यादवको एथलेटिक टिमले प्राविधिक सहयोग गरेको थियो भने वडा प्रहरी कार्यालय श्रीपुर तथा बिर्ता प्रहरी कार्यालय लगायत नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचार टिमले एम्बुलेन्सका साथ तैनाथ भएर आफ्नो सेवा सुरक्षा प्रदान गरेका थिए । त्यस्तै ट्राफिक व्यवस्थापनमा जिल्ला ट्राफिक कार्यालय, पर्साले सहजिकरण गरेको थियो ।

स्टडी स्क्वायरका अध्यक्ष राजेन्द्र वैदको सभापतित्वमा सम्पन्न कार्यक्रममा अष्ट्रेलिया कर्पोरेट अफिसका प्रमुख सौरभ वैदको विशेष उपस्थिति थियो । सो कार्यक्रममा प्याबसन पर्साका अध्यक्ष पुरन प्रधान, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोठे मगर, युवा समाज बीरगंजका संस्थापक अध्यक्ष कमल चौगाईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने बीरगंज मेघा कलेजका गुडु साह, बारा एकेडेमीका हरिदेव खरेल, डेसिमल कलेजका सन्नि दुवे, नेबिल बैंकका शाखा प्रबन्धक सन्तोष साह लगायत विभिन्न मिडियाका पत्रकारहरु, अभिभावक, विद्यार्थी तथा शुभचिन्तकहरुको पनि विशेष उपस्थिति रहेको कुरा स्टडि स्क्वायर, बीरगञ्ज शाखाका कोअर्डिनेटर सरोज चौधरीले जानकारि दिए ।

केटातर्फ डेसिमल कलेजका शत्रुधन पटेल प्रथम, ग्लोबल कलेजका सागर पास्वान द्वितीय, ग्लोबल कलेजकै सुशान्त चौधरी तृतीय तथा साउथ जोन माविका आशु गिरी सान्त्वना स्थान, त्यसैगरी केटीतर्फ सिद्धार्थ स्कूलकी प्रिती कुमारी पटेल प्रथम, साउथ जोन माविकी प्रेक्क्षा गौरो द्वितीय, ओम नेश्नल एकेडेमीकी बेबिका कुमारी तृतीय तथा बीरगञ्ज मेघा कलेजकी प्रिया सिंहले सान्त्वना स्थान हासिल गरी नगर रु. तीन हजार, दुई हजार, एक हजार तथा पाँच सयका साथै प्रमाणपत्र र उपहार क्रमशः प्राप्त गरेका थिए ।

कार्यक्रम सञ्चालन अशोक संग्रौलाले गरेका थिए भने स्वागत मन्तव्य स्टडी स्क्वायर बीरगंज शाखाका अर्का कोअर्डिनेटर दिपेन्द्र प्रसाद कानुले गरेका थिए ।

विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्शका लागि काठमान्डौ जानुपर्ने वाध्यतालाई हटाउन स्टडी स्क्वायरका शाखाहरु बाट निशुल्क परामर्श दिइने कुरा अध्यक्ष वैदले जानकारी दिनुभयो ।

Leave a Reply