You are currently viewing इरानमा विस्फोटका कारण ३ आवासीय भवन भत्कियो, ७ जनाको मृत्यु

इरानमा विस्फोटका कारण ३ आवासीय भवन भत्कियो, ७ जनाको मृत्यु

नेभा, २९ फाल्गुण,

इरानको ताब्रिज सहरमा आइतबार भएको विस्फोटमा तीनवटा आवासीय भवन भत्किँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । सिन्ह्वा समाचार एजेन्सीका अनुसार स्थानीय समय अनुसार बिहान दुई तले भवनमा विस्फोट भएको हो ।

सिन्ह्वाले पूर्वी अजरबैजान प्रान्तको क्राइसिस म्यानेजमेन्ट अर्गनाइजेसनका महानिर्देशक मोहम्मद बाकेर होनरबारलाई उद्धृत गर्दै भने, “विस्फोटको प्रभावबाट भवन र छेउछाउका दुईवटा भवन पूर्ण रूपमा ध्वस्त भएका छन् ।” विस्फोटबाट वरपरका धेरै भवनमा क्षति पुगेको उनले बताए ।

यसअघि इरानको छिमेकी देश पाकिस्तानको कराँचीमा रहेको १६ तले भवनमा आगलागी भएको थियो । जानकारीका अनुसार कराचीको शाहराह फैसलमा रहेको नर्सरी स्टप नजिकैको १६ तले भवनमा शनिबार राति आगलागी भएको थियो । यस घटनामा एक जना घाइते भएका थिए ।

Leave a Reply