You are currently viewing युक्रेनी सिपाहीले आफ्नै ४ साथीलाई गोली हाने, एउटा नागरिकको पनि ज्यान गयो

युक्रेनी सिपाहीले आफ्नै ४ साथीलाई गोली हाने, एउटा नागरिकको पनि ज्यान गयो

नेभा, १४ माघ,

युक्रेनको नेसनल गार्डका एक सदस्यले बिहीबार आफ्ना सहकर्मीमाथि गोली चलाउँदा पाँच जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् ।

यसबारे जानकारी दिँदै युक्रेनको आन्तरिक मन्त्रालयले गोली चलाउने सिपाहीलाई प्रहरीले नियन्त्रणमा लिएको तर उनको मनसाय भने खुल्न नसकेको बताएको छ ।

देशको राजधानी किभबाट ५०० किलोमिटर दक्षिणपूर्वमा रहेको निप्रो सहरमा बिहीबार बिहान यो घटना भएको हो ।

आक्रमणकारी २० वर्षीय आर्तेमी र्याबचुकको रूपमा पहिचान गरिएको छ, जो ड्यूटीमा थिए र आफ्ना सहकर्मीहरूलाई गोली हानेपछि तुरुन्तै घटनास्थलबाट भागेका थिए ।

यस घटनामा ४ सैनिक र एक सर्वसाधारणको ज्यान गएको थियो भने ५ जना घाइते भएका थिए । गोली लागेपछि प्रहरीले र्याबचुकलाई नियन्त्रणमा लिएको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अधिकारीहरूलाई घटनाको विस्तृत अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

Leave a Reply