You are currently viewing आधा उमेरकी केटीसँग विवाह, विवादमा फसेका पाकिस्तानी नेता अमिर लियाकतको मृत्यु

आधा उमेरकी केटीसँग विवाह, विवादमा फसेका पाकिस्तानी नेता अमिर लियाकतको मृत्यु

नेभा, २७ जेष्ठ,

पाकिस्तानका नेता तथा लोकप्रिय टेलिभिजन प्रस्तोता अमिर लियाकतको बिहीबार कराँचीमा रहस्यमयी परिस्थितिमा मृत्यु भएको छ । पाकिस्तान तहरीक ए इन्साफ ‘पीटीआई’ का नेता खुदाद कोलोनीमा रहेको आफ्नो घरमा बेहोस अवस्थामा फेला परेका थिए र उनलाई गम्भीर अवस्थामा निजी अस्पतालमा लगिएको थियो, पाकिस्तानी स्थानीय मिडियाले बिहीबार रिपोर्ट गरेको छ । तर अस्पताल पुग्नुअघि नै लियाकतको मृत्यु भयो ।

पाकिस्तानको स्थानीय मिडिया जियो टिभीको रिपोर्टका अनुसार लियाकतले बुधबार राति असहज महसुस गरिरहेका थिए तर उनले अस्पताल जान मानेनन् । आमिर लियाकतको घरमा काम गर्ने जावेदले भने कि बिहीबार बिहान लियाकतको कोठाबाट चिच्याएको आवाज आइरहेको थियो । तर कोठा भित्रबाट बन्द थियो । जब कोठा भित्रबाट आवाज बन्द भयो र जावेदको कुराको कुनै प्रतिक्रिया नआएपछि उनका घरेलु कर्मचारीले अमिर लियाकतको कोठाको ढोका तोडेका थिए ।

अस्पताल पुर्याएपछि चिकित्सकले लियाकतको अस्पताल पुर्‍याउनुअघि नै मृत्यु भइसकेको बताए । रहस्यमयी परिस्थितिमा भएको आमिर लियाकतको मृत्युपछि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले लियाकतको कराँचीको खुदादाद कोलोनीमा रहेको घरमा पनि खोजी गरेको थियो । अमिर लियाकतको मृत्युका सम्बन्धमा प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’ पूर्वले सीसीटीभी फुटेज जाँच गरी प्रमाण संकलन गर्ने बताए । लियाकतको रहस्यमय मृत्यु भएकाले प्रहरीले पोस्टमार्टम गर्ने निर्णय गरेको छ ।

Leave a Reply