You are currently viewing महिलाको घाँटी थिची हत्या गर्ने थारु पक्राउ

महिलाको घाँटी थिची हत्या गर्ने थारु पक्राउ

नेभा, बाँके, २१ फागुन,

फागुन १८ गते जिल्ला बाँके, बैजनाथ गाँउपालिका वडा नम्बर ५ स्थित बनकट्टी देखि जिगाँउ जाने भित्री पक्की बाटो किनारामा जिल्ला बर्दिया, बारबर्दिया नगरपालिका वडा नम्बर ९ बनगाई बस्ने २७ वर्षकी उर्मिला चौधरीको शव फेला परेको थियो ।

उक्त घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घटना कर्तव्य गरी मारेको हुनसक्ने देखिएकोले सुक्ष्म रूपमा अनुसन्धान गर्दा निज उर्मिला चौधरीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नम्बर २ मुक्तिनगर बस्ने ४५ वर्षको राम सिंह थारुले फागुन १७ गते घाटी थिची मारेको खुल्न आएको हुँदा निजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निज राम सिंह थारुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको कुरा इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

Leave a Reply