इलाका प्रहरी कार्यालय, रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले जिल्ला उदयपुर बेलका नगरपालिका वडा नम्बर ६ बस्ने दिपेश राईलाई नियन्त्रणमा लिएको छ ।
निजको घरमा खानतलासी गर्दा लोड गरी राखेको अबैध भरुवा बन्दुक १ थान, सोहि बन्दुकमा लाग्ने बारुद, प्रतिबन्धित लागूऔषध ट्रामाडोल १२ चक्की र गाजाँ ५१० ग्राम फेला परेको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको हो ।
उक्त सामानहरु सहित निज २४ वर्षको दिपेश राई र सोहि वडा नम्बर ९ मा बस्ने ३० वर्षको भुपेन्द्र राई समेतलाई निजहरुकै घरबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलामा ल्याई थप अनुसन्धान भइरहेको छ ।