बीरगञ्ज, जेष्ठ २०,
कोरोनाको दोस्रो लहरका कारणले गर्दा नेपालमा जारि गरिएको लकडाउनमा भारतिय सवारिसाधनलाई नेपाल प्रवेशमा कडा रोक लगाइएको थियो । यहि क्रममा पर्सा जिल्ला प्रशासन कार्यालय प्रमुख पिताम्बर घिमिरेले पर्सामा बैशाख १६ गते देखि निषेधाज्ञा जारिगरेको तथा सो अवधिलाई हप्ता हप्ता गरी हाल जेष्ठ ३० गते सम्म लम्ब्याइएको छ ।
निषेधाज्ञा कै क्रममा नेपालका पर्सा प्रहरीले विभिन्न समयमा अलगअलग स्थानबाट गैरकानुनी रुपले नेपाल प्रवेश गरेको भनी भारतिय नम्बरको मोटरसाइकल पक्राउ गरी भन्सार चलान र कतिपय मोसालाई हालसालै निलामी पनि गरेको थियो ।
नेपाल प्रहरीले गरेको यस्तो कार्यको जवाफमा भारतिय प्रहरीहरुले पनि नेपालबाट बजार गर्न गएका तराईका सर्वसाधारण स्थानियहरुलाई खोजिखोजी चालान काटेको कुरा बाहिरिएको छ ।
जेठ २० गते बुधबारका दिन नेपालमा उपलब्ध नरहेको औषद्यी किन्न बिहारको रक्शौल जाँदा अरविन्द कुमार दुबे पनि भारतिय प्रहरीको ज्यादतीको शिकार बन्न पुगे ।

