हवाईजहाजबाट विदेशमा ठूलो मात्रामा मानव तस्करी गर्ने सबैभन्दा ठूलो गिरोह पक्राउ परेपछि विश्वभर हलचल मच्चिएको छ ।
फ्रान्सले साउदी अरेबियाबाट युरोपेली मुलुकमा मानव बेचबिखनको आशंकामा ल्याइएका ३०३ जनालाई पक्राउ गरी लगेको थियो । पक्राउ परेको सबैलाई आज फ्रान्सेली अदालतमा पेश गरिनेछ, जहाँ अदालतले उनीहरुलाई हिरासतमा राख्ने अधिकतम अवधिको बारेमा आफ्नो निर्णय दिनेछ ।
मानव तस्करीको आशंकामा फ्रान्सेली अधिकारीहरूले रोकेको विमानका ३०३ यात्रुलाई आज फ्रान्सको न्यायाधीश समक्ष हाजिर गरिने छ ।