You are currently viewing बीएमसीका विद्यार्थीद्वारा पर्सा जिल्ला अदालत भ्रमण तथा अवलोकन

बीएमसीका विद्यार्थीद्वारा पर्सा जिल्ला अदालत भ्रमण तथा अवलोकन

बीरगञ्ज, चैत्र ३,

बीरगञ्ज मेघा कलेज (बीएमसी)मा कक्षा ११ मा कानून विषय अध्ययन गर्ने विद्यार्थीहरुले पर्सा जिल्ला अदालत भ्रमण तथा अवलोकन गरेका छन् ।

बीएमसीका प्रिन्सिपल दिपेन्द्रप्रसाद कानूको नेतृत्वमा उक्त भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न भएको हो । पर्सा जिल्ला अदालतका तर्फबाट दिलिप राईले अदालतका विभिन्न कक्षहरु भ्रमण गराउन तथा अवलोकनमा मद्दत गर्नुका साथै विद्यार्थीहरुको विभिन्न प्रश्न तथा जिज्ञासाहरुलाई सम्वोधन गरेका थिए भने बीएमसीमा कानून विषय अध्यापन गराउने शिक्षक चन्द्रिका पटेलले कानूनी प्रकृया तथा अन्य व्यवहारिक पक्षको बारेमा जानकारी गराएका थिए ।

अदालत चलिरहेको दिन भ्रमण गर्न पाउनाले अदालतका वास्तविक प्रकृयाहरुको बारेमा जान्नुका साथै चलिरहेको मुद्दाको बहसमा आफै उपस्थित भएर हेर्न पाउँदा विद्यार्थीहरु ज्यादै उत्साहित थिए ।

उक्त भ्रमण कार्यक्रममा शिक्षिका मोनिका ठाकुर, मुस्तुफा अंसारी, गुडु साह, तथा प्रकाश यादवको उपस्थिति रहेको थियो ।

Leave a Reply