विश्वभरि सर्वत्र कोरोनाको कहर । हामी शिक्षकलाई अब लाग्यो अनलाईन कक्षाको रहर ।। नयाँ नयाँ प्रविधि प्रयोग गरी उपायहरु खोज्यौं । सरकार भन्दछ पाठ्यक्रम छाडी कुरै कुरामा अल्मलायौं ।।
गाउँ देखि शहरसम्म कायमै छ कोरोनाको त्रास । तै पनि हामीमा लकडाउन खुल्ला कि भनी आश ।। फेसबुक हेर्यौं, ट्वीटर हेर्यौं, चारैतिर छ कोरोनाकै अपडेट । तर पनि कहिँ भेटिएन भ्याक्सिन अनि औषधिको भेट ।
बसी बसी कति खाने घरको भयो बास । रेष्टुरेन्ट, होटेल नखुलेसि घरमा चियाकै भो आश ।। श्रीमती वा आमा छोराछोरीसँग कति गरूँ गफगाफ । अब त साँच्ची नै दिक्कै लाग्यो हुने भो कि उठिवास् ।।
जाउ कोरोना जाउ, अब धेरै नगर बेर । कलिला नानीबाबुको त भविष्यै खायौ अब त तीनलाई हेर ।। एक महिना दुई महिनाको राहतले कति नै छाक टारिन्छ र । अब त काम नगरेसि सरकार कै आश गरिन्छ र ।।
लिम्पुयाधारा, कालापानी हुँदै लिपुलेखसम्म कोर्यौ हामी सिमाना । अब त पहल गर्नैपर्ने हो चुनौतीपूर्ण कुटनीतिको सामना ।।
– आशाराम साह, शिक्षक
स्कूलः श्री कालिका मावि, चन्द्रपुर नगरपालिका–७, रौतहट