You are currently viewing मोटरसाइकलको ठक्करले बालकको मृत्यु

मोटरसाइकलको ठक्करले बालकको मृत्यु

भोआ, बीरगञ्ज, कार्तिक ५,

जिल्ला रौतहट, परोहा नगरपालिका वडा नं. ६ बसनपट्टी टोल बस्ने कृष्ण साहको जेठो छोरा करिब ६ वर्षिय आदित्य साह नामको बालकको तिव्रगतिको अज्ञात मोटरसाइकल ठक्करबाट मृत्यु भएको छ ।

कार्तिक ५ गते सोमवारको दिन बिहान करिब १० बजे आफ्नै घरको अगाडि सडक छेउमा पूर्वबाट पश्चिमतर्फ तिव्र गतिमा जाँदै गरेको मोटरसाइकलको नम्बर तथा चालकसमेतको नामथर वतन नखुलेको अपरिचित व्यक्तिले दिएको ठक्करबाट गम्भिर घाइते भएको बालकलाई तल्कालै नजिकैको परोहा अस्पताल लौकाहा, रौतहटमा सामान्य उपचार गराई थप उपचारको लागि बीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याउदा करिब पौने एकबजे चिकिस्तकहरुले सो बालकलाई मृत घोषणा गरिदिए ।

यस सम्बन्धमा फरार अज्ञात मोटरसाइकल तथा चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

मृतक बालक आदित्य साह 

फोटो: पारिवारिक श्रोत 

Leave a Reply