You are currently viewing ‘दादागिरी गरेर बीरगंजलाई कोरोना एपिसेन्टर बनाउन लागेको भन्दै चिन्ता र विरोध’: दिपेन्द्र कानू

‘दादागिरी गरेर बीरगंजलाई कोरोना एपिसेन्टर बनाउन लागेको भन्दै चिन्ता र विरोध’: दिपेन्द्र कानू

नारायणी अस्पतालका चिकित्सकहरुको चर्को विरोधका वावजुद राज्य सरकारको आदेशमा सर्लाहिका एक चौध वर्षिय कोरोना संक्रमितलाई बैशाख ११ गते उपचारका लागि बीरगंज ल्याइएकोमा व्यापक विरोध, असंतुष्टि तथा चिन्ता व्यक्त गरिएको छ र त्यो स्वभाविक पनि हो ।

प्रादेशिक सरकारले शुरु देखि नै बीरगंजसँग तेस्रो दर्जाको व्यवहार गरेको, विपद तथा संकट निकासको बेला मात्र दोहन गर्न खोकजेको तथा मान्छेबाट मान्छे तथा संक्रमितको थुकखखारका साथै उसले प्रयोग गरेको प्रत्येक सामान जस्तै कागज, प्लास्टिक, कपडा, मोबाइल, चाबी आदिबाट कोरोना भाइरस सजिलै सर्न सकिने भएकोले यो जुनबेला पनि विकराल रुपलिन सक्ने भएपछि बीरगंजवासीले कल्पना नै नगरेको क्षति व्योहोर्नु पर्ने हुनसक्छ ।

केन्द्रीय, प्रादेशिक तथा स्थानिय तहका सरकारसँग के कति सुविधा, ताकत, दक्ष जनशक्ति, कार्ययोजना (एक्सन प्लान बी–फैलेपछि के गर्ने), इमानदारीता, बजेट, खाधान्न तथा औषधि व्यवस्थापन, सेनिटाइजेसन गर्न सक्ने क्षमता आदि छन् त्यो बीरगंजवासीहरुलाई राम्ररी थाहा भएकोले भोलिको दिनमा कोरोना संक्रमणले मानिसहरुको ज्यान लिन थालेपछि के हुन्छ भन्ने बारे थप चिन्ताले यहाँका स्थानियहरुको रातिको निन्द्रा उडेको छ ।

यहाँका स्थानियहरुको चिन्ता कति छ भन्नेकुरा सामाजिक सञ्जालका भित्ताहरुमा देख्न र पढ्न सकिन्छ ।

‘जनकपुरमा प्रादेशिक कोरोना अस्पता हुँदाहुँदा कोरोना पोजिटिभलाई बीरगंज किन पठाएको, प्रदेश सरकार ?’ भनी बीरगंजका एक पत्रकार महेश दासले लेख्नुहुन्छ । ‘के बीरगंज डस्टविन (फोहर फ्याक्ने टोकरी) हो ? बीरगंजवासीको स्वास्थसँग किन खेलवाड गर्न खोजिन्दै छ र वौद्धिकवर्ग किन मौन छन् ?’ भनी एक शिक्षिका उर्मिला गिरी लेख्नुहुन्छ ।

त्यस्तै, ‘किन हाम्रो बीरगंजसँग यस्तो विभेद ? हुँदाहुँदा अब उताको कोरोना रोगी पनि बीरगंजमा… होइन के खोजेका छौ तिमीहरु प्रदेश हाँक्ने अगुवाहरुले ?’ भनी बीरगंजका जनता समाजवादिका युवा नेता राजेशमान सिंहले आफ्नो सामाजिक संजालको भित्तामा लेख्नुहुन्छ । ‘बीरगंजलाई कोरोनाको हब बनाइन्दै छ । यसको शशक्त प्रतिकार गरौं ।’ भनी लेख्दै प्रदेश सरकारको सौतेनि व्यवहार देखेर फुटबलका एक प्रशिक्षक गजेन्द्रमान सिंहले चिन्ता व्यक्त गरेका छन् ।

यसरी सुविधा, बजेट आदिजति सबैको लागि अस्थाइ राजधानि जनकपुर देख्ने अन्धा नेताहरुले कोरोना पोजिटिभ संक्रमितहरुलाई जम्मा गरेर बीरगंजमा जानिजानि राख्नुलाई राम्रो संकेतको रुपमा मान्न सकिन्दैन । जंगलको आगोको रुपमा फैलिरहेको यो ज्यानलेवा भाइरसलाई शहरको बीचमा राख्नुलाई चिन्ताजनक विषयको रुपमा लिनुपर्दछ र भोलिको दिनमा यो भाइरस विष्फोट भएपछि कसरी जोगिने हो त्यसबारे पनि सचेत र सतर्क रहन प्लान बी बनाउन आवश्यक छ ।

यसअघि बीरगंज छपकैया मस्जिदबाट ३ जना, रौतहटका १ जना र हाल सर्लाहिका १ गरी जम्मा ५ जना कोरोना पोजिटिव संक्रमितको उपचार बाक्लो मानववस्तीको बीचमा रहेको नारायणी अस्पतालमा भइरहेको छ ।

काठमाण्डौको ग्रिन सिटिमा संक्रमण देखिए लगतै सिल गरी तुरुन्तै रिपोर्ट पनि दिइन्छ तर छपकैयावासीले त्यहि चिजको लागि कति दुःख भोग्नुपरेको थियो त्यो सबैको दिमागमा ताजै होला ।

कोरोना संक्रमितहरुलाई छनोटमा परेको गण्डक कोरोना अस्पतालमा अविलम्व सारेर गरिब असहायहरुका लागि नारायणी अस्पताललाई पुनः पहिला जस्तै सेवासुविधा सुचारु गर्न माग चर्को भइरहेको बेला प्रादेशिक सरकारको इशारामा बीरगंज आवश्यक सेवासुविधा तथा बजेटबिना नै कोरोनाको एपिसेन्छर बनाउन खोज्ने कदमले यहाँका मूलवासिन्दा लगायत डेरामा बसोबास गर्ने मानिसहरु चिन्तित बन्नु स्वभाविक कुरो हो ।

चाहिने मात्रामा आफ्नै ३२ वटा वडामा लामखुट्टे मार्ने औषद्यी र सेनिटाइजर छर्नुका साथै दैनिक ज्यालादारी गरी गुजारा चलाईरहेका भोकै जनताहरुलाई २ छाक खाना खुवाउन नसक्ने स्थानिय सरकार, भोलिका दिनमा कोरोनाले मान्छे मार्न थालेपछि, कुन दुलोमा गएर लुक्ने हो सबैलाई थाहा नै छ । त्यसैले सबैले मिलेर यसको विरोध गर्नुको कुनै विकल्प छैन् ।

लेखक सम्पादक: दिपेन्द्रप्रसाद कानु, बीरगंज

Leave a Reply