You are currently viewing श्रीमतीलाई काँधमा बोकेर दौडिने अनौठो प्रतियोगितामा जित्नेले पाउँछ यस्तो पुरस्कार

श्रीमतीलाई काँधमा बोकेर दौडिने अनौठो प्रतियोगितामा जित्नेले पाउँछ यस्तो पुरस्कार

आफ्नै पत्नीलाई काँधमा बोकेर दौडिनुपर्ने प्रतियोगिता पनि दुनियाँमा कहीँ होला ? तर हुँदो रहेछ । अझ यस्तो प्रतियोगितामा पहिलो हुनेले आफ्नै पत्नीको जिउको वजन बराबरको वियर पुरस्कारको रुपमा पाउँछ भन्दा झनै अनौठो लाग्ला ।

फिनल्याण्डको सोन्काज्भीमा सन् १९९२ देखि हरेक वर्ष यो प्रतियोगिताको आयोजना गरिँदै आएको छ ।

गत शनिबार सम्पन्न यो वर्षको प्रतियोगितामा भाग लिनका लागि केवल फिनल्याण्डका मात्र होइन, फ्रान्स, जर्मनी तथा अस्ट्रेलियालगायतका कैयन् देशका जोडीहरु सहभागी भएका थिए ।

दौडको नियम अनुसार सहभागीको उमेर १७ वर्ष पुगेको हुनुपर्दछ । त्यस्तै पत्नीको तौल पनि ४९ किलोभन्दा धेरै हुनुपर्छ । यदि ४९ किलोभन्दा कम भएमा ४९ किलो पुर्‍याउनका लागि त्यत्ति तौलका सामान भएको झोला बोक्नु पर्नेछ ।

प्रतियोगितामा विवाहित पति पत्नी मात्र नभएर प्रेमी प्रेमिकाहरुले पनि सहभागिता जनाउन सक्दछन् । यति मात्र होइन आफ्नी पत्नी नहुनेले छिमेकीको पत्नीलाई समेत बोकेर दौडिन सक्दछन् । यसलाई श्रीमती चोर्ने चलन पनि भनिन्छ ।

प्रतियोगितामा सहभागी पुरुषहरुले आफ्नी पार्टनर महिलालाई अनेक प्रकारले काँधमा बोकेर दौडिन्छन् । तर धेरैजसोको सजिलोका लागि पार्टनरको टाउको तल तथा खुट्टा माथि हुनेगरी काँधमा बोक्दछन् ।

दौडिने ट्रयाकको कूल लम्बाइ २५३.५ मिटर रहेको छ । त्यसभित्र दुईवटा सुख्खा तगारा तथा एउटा एक मिटर गहिरो पानीको कुवा पनि पार गर्नु पर्दछ ।

शनिबार भएको प्रतियोगितामा लिथुआनियाका Vytautas Kirkliauskas ले पुरस्कार जिते । आफ्नी पत्नी Neringa Kirkliauskiene लाई काँधमा बोकेर उनले ६५.७२ सेकेण्डमा दौड पूरा गरे ।

स्रोत: एजेन्सी

Leave a Reply