नेभा, झापा, ३ बैशाख,
झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ स्थितमा रहेको कन्काई सिंचाई आयोजनाको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।
शिवसताक्षी नगरपालिका वडा नम्बर १० को ओम बहादुर बस्नेतको १२ वर्षिय छोरा बिवेक बस्नेत नहरको साईफन जालीमा अड्किएर मृत अवस्थामा फेला परेका थिए ।
मृतक बालकको शवलाई कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी मोरङको मंगलबारे अस्पताल पठाइएको छ ।
उक्त घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय, झिलझिलेबाट थप अनुसन्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।
Please Share This
Share this content
You Might Also Like