You are currently viewing जान्नुहोस् आफ्नो मुटुलाई स्वस्थ राख्ने तरिका

जान्नुहोस् आफ्नो मुटुलाई स्वस्थ राख्ने तरिका

नेभा, २३ मार्ग,

आकस्मिक मृत्युको शृङ्खला रोकिने नाम लिइरहेको छैन र यही कारण मानिसमा मुटुको स्वास्थ्यप्रति डर बढेको छ । आकस्मिक मृत्युको वास्तविक कारण के हो भनेर सबैले जान्न चाहन्छन् ।

अमेरिका, इटाली र फ्रान्स जस्ता देशहरुमा कार्डियक अरेस्टमा गरिएको अध्ययनमा एउटा कुरा सामान्य रुपमा बाहिर आएको छ, त्यो हो कोरोनाको प्रभाव र एक अध्ययनका अनुसार अमेरिकामा कोविड समयमा ४५ प्रतिशत हृदयाघातका घटनाहरू बढेका छन् । इटालीमा हृदयघातको ७७% केसहरू कोरोनाका बिरामीमा परेका छन्, त्यसैले धेरैले कोरोनालाई अचानक हृदयघातको कारण पनि मान्न थालेका छन् ।

कोरोनाले शरीरका कोशिकाहरूको त्यस्ता प्रोटिनहरूमा टाँस्छ जुन सीधै मुटुमा पुग्छ र मुटुका मांसपेशीहरूलाई कमजोर बनाउँछ, जसले रगत जम्ने खतरा धेरै गुणा बढाउँछ । कोरोना मात्र होइन, बिग्रिएको जीवनशैली पनि मुटुको शत्रु बनेको छ ।

हृदयघातको मुख्य कारणहरु अनेकौ हुनसक्छन् जसमध्ये केहि कारणहरु मोटोपना, उच्च रक्तचाप, चिनी, उच्च कोलेस्ट्रोल, जंक फूड, धुम्रपान र रक्सी पनि हो । हृदयघात जस्ता समस्याबाट बच्नको लागि अपनाउनुपर्ने उपायहरुमध्ये केहि उपायहरु हामीले शारीरिक रूपमा सक्रिय राख्नु, वजन बढ्नबाट बच्नु, धुम्रपान-मद्यपानबाट टाढा रहनु, रक्तचाप नियन्त्रण राख्नु, कोलेस्ट्रोल कायम राख्नु र चिनीको मात्रा बढ्न नदिनु हो ।

Leave a Reply