You are currently viewing पाल्पामा विषाक्त खानाको सेवनले मान्छेको स्वास्थ्यमा असर

पाल्पामा विषाक्त खानाको सेवनले मान्छेको स्वास्थ्यमा असर

नेभा, २१ मार्ग,

पाल्पा जिल्लामा मङ्सिर १७ गते बिहेको भोज खाएको २४ घण्टा पश्चात १३८ जनामा पेट दुख्ने, वान्ता आउने जस्ता लक्षणहरु देखिएका छन् ।

पाल्पा र प्यूठान जिल्ला स्थित स्वास्थ्य कार्यालयबाट उपचारका लागि स्वास्थ्यकर्मीको टोलि परिचालन गरी जिल्ला अस्पतालमा उपचारको लागि लागिएको थियो । हाल सात जना व्यक्तिहरु अस्पतालमा उपचाररत छन् र अहिले सबैको स्वास्थ्य अवस्था सामान्य छ । उक्त टोलीले प्रभावित क्षेत्रका घरघरमा पुगी पुनर्जलीय झोल वितरण गर्नुको साथै जनचेतनामुलक कार्यक्रम पनि संचालन गरेका छन् ।

प्ररम्भिक अनुसन्धान अनुसार सिचाईका लागि प्रयोग हुने पानी खाना बनाउन र अन्य प्रयोजनका लागि प्रयोग भइरहेको पाइएकोले पानीको नमुना जाँचको लागि प्रादेशिक प्रयोगशाला, लुम्बिनीमा पठाइएको कुरा Ministry of Health and Population, Nepal द्वारा जारी गरीएको विज्ञप्तिले जनकारी गराइएको छ ।

Leave a Reply