सामाजिक संजालमा अपराधिक क्रियाकलापहरु बढ्दै गएको छ । एकजाना मान्छेले फेसबुकको प्रयोग गरी पैसा ठगी गर्दा प्रहरीहरुले नियन्त्रणमा लिएका छन् ।
सामाजिक संजालबाट सम्पर्क गरी कुराकानी गर्दै जाने क्रममा, “म बैदेशिक रोजगारको सिलसिलामा कम्बोडिया स्थित होटलमा सेक्यूरिटि गार्डमा काम गर्छु र म तपाईहरुलाई कम्बोडियाको आकर्षक तलव सुविधा सहितको सेक्यूरिटि गार्डमा काम मिलाइदिन्छु” भनी पिडितहरुलाई विश्वास दिलाई उक्त कामको प्रोसेसिङ गर्नुपर्छ भनी बिभिन्न व्यक्तिहरुको नाममा संचालीत बैंक खातामा जम्मा गर्न लगाई रु. २३,९७,००० (तेइस लाख सन्तान्वे हजार) ठगी गरेको २७ वर्ष उमेरका जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालीका वडा नम्बर १० का बासिन्दा रामकृष्ण आचार्यलाई जाहेरी दरखास्तको आधारमा प्रारम्भिक अनुसन्धान गर्दै जाँदा आचार्यलाई जिल्ला प्रहरी कार्यालय, खोटाङको समन्वयमा पक्राउ गरीएको छ ।
सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा पठाईएको कुरा प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीको विज्ञाप्ति मार्फत जनाईएको छ ।