You are currently viewing बीरगंज नगर क्षेत्रभित्र रहेको अव्यवस्थित तारहरु व्यवस्थापन गर्न महानगरले चाल्यो कठोर कदम

बीरगंज नगर क्षेत्रभित्र रहेको अव्यवस्थित तारहरु व्यवस्थापन गर्न महानगरले चाल्यो कठोर कदम

नेभा, १६ मार्ग,

वीरगंजमा रहेको अनेकौ विद्युतीय पोलहरुमाथि विभिन्न संस्थाहरुले आ–आफ्नो तारहरु झुण्डयाएर वीरगंजको सौन्दर्यतालाई बिगारदै गर्दा वीरगंज महानगरपालीकाले क्षेत्रभित्र रहेको सडकहरुको विभिन्न स्थानहरुमा रहेका विद्युतीय पोलहरुमाथिको तारहरु व्यवस्थापन गर्ने सूचना जारी गरेको छ ।

विभिन्न कम्पनीका नेट सेवा प्रदायकहरुले तथा अन्य–अन्य संस्थाहरुले तारहरु झुण्डयाएर महानगरको सौन्दर्यलाई कुरुप बनाउँदै गएको तथा आउने दिनहरुमा यसबाट अन्य मानवीय दुर्घटना हुनसक्ने सम्भावना रहेको हुनाले वीरगंज महानगरपालीकाले यस कुरालाई मध्य नजर गर्दै सम्बन्धित सेवा प्रदायकहरुले यो सूचना जारी भएको सात दिनभित्र तारहरु व्यवस्थापन गर्ने कुरा विज्ञाप्ती द्वारा सुचित गराइएको छ ।

यो सूचना अटेर गरी बेवास्था गरेमा आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाईने नि. प्रमुख प्रशासकिय अधिकृत अरविन्द लाल कर्णको विज्ञाप्ति द्वारा सूचित गराईएको छ ।

 

महानगरपालिकाको यो कदम कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोस्…

Leave a Reply