You are currently viewing इरानमा ४ जनालाई मृत्युदण्डको सजाय

इरानमा ४ जनालाई मृत्युदण्डको सजाय

नेभा, इरान, १५ माघ,

इरानले इजरायलको गुप्तचर निकायका लागि काम गरेको आरोपमा ४ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

चारजनालाई इजरायलको गुप्तचर एजेन्सी मोसादका लागि काम गरेको आरोपमा दोषी ठहर गरिएको थियो । इरानको रक्षा मन्त्रालयले चार जनालाई मृत्युदण्डको घोषणा गरेको छ ।

इरानले सोमबार रक्षा मन्त्रालयसँग सम्बन्धित कारखानालाई लक्षित गर्ने षड्यन्त्र रचेको र इजरायलको मोसाद गुप्तचर एजेन्सीका लागि काम गरेको आरोपमा चार जनालाई मृत्युदण्ड दिएको छ ।

सन् २०२२ मा इरानको रक्षा मन्त्रालयसँग सम्बन्धित र इस्फहान सहरमा मिसाइल र रक्षा उपकरणसँग सम्बन्धित कारखानालाई निशाना बनाउने षड्यन्त्र रचेको अभियोगमा ती व्यक्तिलाई दोषी ठहर गरिएको आधिकारिक इरना समाचार एजेन्सीले जनाएको छ ।

चार जनाको पहिचान मोहम्मद फरामारजी, मोहसिन मज्लुम, वफा अजरबार र पेजमान फतेहीका रूपमा भएको छ । चारै जना इरानी नागरिक हुन् । देशको सर्वोच्च अदालतले सेप्टेम्बरमा अर्को अदालतले दिएको मृत्युदण्डलाई कायम राखेको थियो, त्यसपछि उनलाई मृत्युदण्ड दिइएको छ ।

Leave a Reply