सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ६ स्थितबाट लागूऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कुम्याहि स्थितमा निर्माणाधिन घरमा गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा प्रहरी चौकी श्रीपुरजब्दी र अस्थायी प्रहरी पोष्ट कोशी कटानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उक्त घरबाट २ सय १६ किलो ४५ ग्राम गाँजा फेला पारेको छ ।
गाँजा बरमाद भएसँगै ओसार पोसारमा संलग्न रहेका कोशी गाउँपालिका वडा नम्बर ५ का ३४ बर्षीय सागिर मिया र भारत बिहारका ३१ बर्षीय अरबिन्द कुमारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागूऔषध गाँजा सहित पक्राउ परेका निजहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको कुरा प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।