You are currently viewing हुण्डी कारोबारमा सलंग्न कलवार बीरगंजबाट पक्राउ

हुण्डी कारोबारमा सलंग्न कलवार बीरगंजबाट पक्राउ

नेभा, पर्सा, ५ चैत,

विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ दुर्गाहल पछाडीको गल्ली सडकखण्डबाट एकजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संकास्पद  रूपमा हिडिरहेको व्यक्तिलाई खानतलासी गर्दा जिल्ला, धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ६ को निवासी हाल जिल्ला, पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बस्ने ५० वर्षको रामबाबु साह कलवारलाई प्रहरीले पक्राउ गरेको छ ।

निजले बोकेको झोलामा लुकाइ छिपाई राखिएको रु. १ हजार दरका नोट ३ सय ३५ थान, रु. ५ सय दरका नोट ६ सय ८२ थान गरी जम्मा नेपाली रु. ६ लाख ८२ हजार र भारतीय प्रतिबन्धित रु. ५ सय दरका नोट ५६ थान भारतीय रू.२८ हजार बरामद भएको थियो  ।

निजबाट कृषी विकाश बैंकको चेकबुक २ थान, सानिमा बैंकको चेकबुक ५ थान, माछापुछ्रे बैकको चेकबुक २ थान, NIMB बैंकको चेकबुक २ थान, मुक्तिनाथ विकाश बैंकको चेकबुक २ थान, ग्लोबल बैंकको चेकबुक ३ थान, प्राइम बैंकको चेकबुक २ थान,विभिन्न बैंकहरूको चेकबुक १९ थान र  मेघा बैंकको चेकबुक १ थान गरी जम्मा १९ थान चेकबुक र Oneplus Mobile 1, Readmi-1 समेत फेला परेको हुँदा निजहरूलाई नियन्त्रणमा लिईएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्सामा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य भइरहेको कुरा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जनाएका छन् ।

Leave a Reply