चैत ७ र ८ गते अबैध भन्सार छलिको सामान ल्याउदै गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, बाँके तथा मातहत प्रहरी कार्यालयबाट परिचालित प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अबैध भन्सार छलिको सामानहरु नियन्त्रणमा लिएको छ ।
भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याउदै गरेको अवस्थामा कपडा, प्रफ्युम (सेन्ट), जुत्ता, चिनी, सुर्ती, लागायतका समानहरु प्रहरी द्वारा बरामद गरिएको छ ।
अन्दाजी मुल्य रु. ४ लाख ३४ हजार १ सय ४० रुपैयाँ बराबरको सामान फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय, नेपालगंज बाँकेमा पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।