You are currently viewing माल्दिभ्सको एउटा ग्यारेजमा भएको भीषण दुर्घटनामा १० जनाको जलेर मृत्यु

माल्दिभ्सको एउटा ग्यारेजमा भएको भीषण दुर्घटनामा १० जनाको जलेर मृत्यु

नेभा, २५ कार्तिक,

माल्दिभ्सको राजधानी मालेको एक ग्यारेजमा आगलागी हुँदा आठ भारतीयसहित कम्तीमा १० जनाको मृत्यु भएको छ । यो भवनको पहिलो तल्लामा प्रवासी मजदुरहरू बस्ने गर्दथे । भारतीय उच्चायोगका एक अधिकारीले सो जानकारी दिएका हुन् । माभियो मस्जिद नजिकै एम. निरुफेफीमा दिउँसो आगलागी भएको हो ।

भारतीय उच्चायोगमा कार्यरत कल्याणकारी कार्य अधिकारी रामधीर सिंहले भने, ‘अहिलेसम्म १० जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमध्ये आठ भारतीय नागरिक छन् । अन्य दुई जनाको नागरिकता भने खुल्न बाँकी छ ।’

यसअघि भारतीय उच्चायोगले ट्विट गरेको थियो, ‘मालेमा भएको आगलागीको घटनाको बारेमा सुन्दा दुःख लागेको छ, जसमा धेरैको ज्यान गएको छ । हामी माल्दिभ्सका अधिकारीहरूसँग सम्पर्कमा छौं ।” उनले भने कि उच्च आयोगले प्रभावित भारतीय नागरिकका परिवारलाई सम्पर्क गरिरहेको छ ।

‘ग्यारेज’ भुइँ तल्लामा थियो र पहिलो तल्लामा आप्रवासी मजदुरहरू बस्थे । माल्दिभ्सका विदेश मन्त्री अब्दुल्ला शाहिदले मालेमा भएको आगलागीमा १० आप्रवासी कामदारको ज्यान गएको र धेरै परिवार प्रभावित भएको खबरले आफू “गहिरो दुःखी” भएको बताए ।

Leave a Reply