रुस र युक्रेनबीचको युद्ध अन्त्य हुने नाम लिइरहेको छैन । यो युद्धको नतिजा के हुन्छ कसैलाई थाहा छैन । दुई देशबीच झण्डै ९ महिनादेखि युद्ध चलिरहेको छ । यो युद्धमा कहिले रुसको माथिल्लो हात भारी हुँदै गइरहेको छ त कहिले युक्रेनको तर कसैको जित छैन । पुटिनले यस युद्धको अगाडिबाट नेतृत्व गरिरहेका छन् । यस्तो देखिन्छ कि राष्ट्रपति पुटिन पछि हट्न तयार छैनन् । पुटिनले पनि आफ्ना सैनिकका लागि एउटा आदेश जारी गरेका छन्, जसको विश्वभर चर्चा भइरहेको छ ।
बेलायतको रक्षा मन्त्रालयले शुक्रबार पुटिनले आफ्ना सैनिकलाई गोली चलाउन चेतावनी दिएको दाबी गरेको छ । यदि कुनै सिपाहीले युद्धबाट पछि हट्ने प्रयास गर्छ भने उसलाई गोली हान्न आदेश दिइन्छ । बेलायती मन्त्रालयले ट्वीटमार्फत यो जानकारी दिएको हो । रुसी सेनाको मनोबल कमजोर बन्दै गएको मन्त्रालयले आशंका व्यक्त गरेको छ । त्यसैले पुटिनले यस्तो आदेश दिएका हुन् ।
बेलायतको रक्षा मन्त्रालयले रुसी जनरलले युद्धबाट पछि हटेका सैनिकहरूविरुद्ध हतियार प्रयोग गर्न आफ्ना कमाण्डरहरूलाई जानकारी दिएको छ । उनीहरूलाई पहिले बुझाउनुपर्छ, यदि उनीहरू यो कुरामा सहमत छैनन् भने उनीहरूलाई बिना सोचेर गोली हान्नुपर्दछ । सेप्टेम्बरमा युक्रेनले रुसी सेनालाई धेरै मोर्चामा कमजोर बनाएको थियो, जसका कारण रुसी सैनिकहरूले युक्रेनको धेरै गाउँहरू छोडेर भाग्नुपरेको थियो । त्यतिबेला युक्रेनलाई लिएर विश्व स्तब्ध भएको थियो । यिनै कारणले रुसी सैनिकहरु निराश भइरहेका छन् ।