युक्रेनको सीमावर्ती बेलगोरोडमा रहेको रुसी सैन्य तालिम स्थलमा भएको आतंकवादी हमलामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सरकारी समाचार एजेन्सीहरूले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै यो समाचार दिएको हो । रक्षा मन्त्रालयले पूर्व सोभियत राज्यका दुई नागरिकले तालिमको क्रममा अन्धाधुन्ध गोली चलाएको र जवाफी कारबाहीमा दुवैको मृत्यु भएको बताएको छ । यस घटनामा 11 जनाको मृत्यु भएको थियो ।
रुसको रक्षा मन्त्रालयले अक्टोबर १५ मा पूर्व सोभियत गणतन्त्रका दुई नागरिकले बेलगोरोड क्षेत्रको पश्चिमी सैन्य जिल्लाको तालिम दायरामा आतङ्ककारी हमला गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । Commonwealth of Independent states गणतन्त्रहरू मिलेर बनेको छ जुन पहिले सोभियत संघको भाग थिए ।
रुसको रक्षा मन्त्रालयले युक्रेनमा विशेष सैन्य कारबाहीका लागि स्वयंसेवकहरूको तालिमको क्रममा आक्रमण भएको बताएको छ । जसका कारण ११ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका र उनीहरुलाई अस्पताल पठाइएको छ ।