युक्रेनको स्वशासित प्रान्त क्रिमियालाई रुससँग जोड्ने क्रिमिया पुलमा भीषण आगलागी भएको छ । आगलागीपछि आकाशमा धुवाँ र आगोको मुस्लो उठ्न थाल्यो । केहीबेरमै पुलको एक भाग समुन्द्रमा खसेको थियो । यो घटनाको भिडियो सार्वजनिक भएको छ ।
रुसी अधिकारीले क्रिमिया पुलमा आक्रमण गरेको युक्रेनलाई दोष दिएका छन् । रुसले क्रिमियामा बनाएको संसद्का प्रमुख भ्लादिमिर कोन्स्टान्टिनोभले पुल आंशिक रूपमा क्षतिग्रस्त भएको र छिट्टै मर्मत गरिने दाबी गरे ।
रुस समर्थक मिडियाले शनिबार रुसको मुख्य भूमि र यसको नियन्त्रित क्रिमियन प्रायद्वीपलाई जोड्ने पुलमा ठूलो आगलागी भएको बताएको छ । केही घण्टाअघि पूर्वी युक्रेनको खार्किभ सहर शक्तिशाली बम विष्फोटले हल्लिएको थियो ।