You are currently viewing बंगलादेशमा हिन्दु तीर्थयात्रीले भरिएको डुङ्गा पल्टिँदा ६८ को मृत्यु

बंगलादेशमा हिन्दु तीर्थयात्रीले भरिएको डुङ्गा पल्टिँदा ६८ को मृत्यु

नेभा, १२ आश्विन,

दुई दिनअघि उत्तरी बंगलादेशमा शताब्दी पुरानो मन्दिरको दर्शन गर्न हिन्दू तीर्थयात्री बोकेको डुङ्गा पल्टिँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । आइतबारदेखि दुर्गा पूजा पर्व सुरु हुनुअघि महलयाको अवसरमा बोडेश्वरी मन्दिरमा गएका हिन्दु धर्मावलम्बीहरु बोडेश्वरी चढेको डुङ्गा देशको उत्तरपश्चिमी पञ्चगढ जिल्लाको कोरोटो खोलामा पल्टिँदा दुर्घटना भएको हो । अधिकारीहरुको अनुशार कम्तिमा २० यात्रु अझै बेपत्ता छन् ।

ढाका ट्रिब्यून अखबारका अनुसार स्थानीय अधिकारीहरूले तेस्रो दिन उद्धार कार्यलाई तीव्र पारेपछि मंगलबार बिहान देबीगञ्ज र बोडा उपजिल्लाबाट थप १८ शव फेला परेका छन् ।

डुङ्गामा १५० भन्दा बढी यात्रु सवार रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । केही मानिस पौडी खेलेर खोलाको किनारमा फर्किए पनि धेरै अझै बेपत्ता छन् ।

छानबिन समितिका प्रमुख रोयलाई उद्धृत गर्दै ढाका ट्रिब्यून पत्रिकाले भने, ‘प्रारम्भिक अनुसन्धानका अनुसार डुंगामा क्षमताभन्दा बढी यात्रु थिए ।’ तर यसका पछाडि अन्य कारण पनि हुन सक्छन् ।

Leave a Reply