अयान मुखर्जीको आगामी फिल्म ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक भएको छ । सबैजना लामो समयदेखि यसको प्रतिक्षामा थिए । चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ५१ सेकेन्डको यो ट्रेलरबाट तपाई आफ्नो आँखा हटाउन सक्नुहुने छैन । ट्रेलरमा फिल्मका हरेक पात्रको झलक प्रस्तुत गरिएको छ ।
ट्रेलरको कथाको कुरा गर्दा धेरै हतियारबाट बनेको कुरालाई ‘ब्रह्मास्त्र’ भनिन्छ र त्यो ब्रह्मास्त्रसँग रणवीर कपूरको प्रत्यक्ष सम्बन्ध देखाइएको छ । फिल्ममा शिवको भूमिका निभाएका रणवीरको आगसँग पुरानो सम्बन्ध रहेको देखाइएको छ ।
आगोसँगको आफ्नो सम्बन्धलाई थाहा नभएर शिव आलिया भट्टसँग प्रेममा पर्छन् । तर अन्धकार र अन्धकारकी रानी ब्रह्मास्त्रको खोजीमा उनीहरूसम्म पुग्छन् । ट्रेलरमा धेरै क्यारेक्टर ब्रह्मास्त्रको रक्षा गर्दै देखिएका छन् । तर शिव, जो आफैंमा अग्नि हतियार हो, ब्रह्मास्त्रलाई गलत हातमा पर्नबाट रोक्नको लागि महत्त्वपूर्ण कडी हो । यससँगै गुरुको भूमिका निर्वाह गर्दै आएका अमिताभ बच्चनलाई पाइला पाइलाले सही बाटो देखाएको देखिनेछ ।
रणवीर कपुर र आलिया भट्ट पहिलो पटक फिल्म ‘ब्रह्मास्त्र’ मा सँगै देखिने भएका छन् । फ्यानहरु दुबैलाई सँगै हेर्न आतुर छन् । फिल्ममा अमिताभ बच्चन, नागार्जुन अक्किनेनी, मौनी रोय पनि महत्वपूर्ण भूमिकामा छन् । र फिल्म यसै वर्ष ९ सेप्टेम्बरमा रिलिज हुँदैछ ।