You are currently viewing काबुलमा इदभन्दा ठीक अघि शृंखलाबद्ध बम विष्फोटमा एक महिलाको मृत्यु र तीन जना घाइते

काबुलमा इदभन्दा ठीक अघि शृंखलाबद्ध बम विष्फोटमा एक महिलाको मृत्यु र तीन जना घाइते

नेभा, १८ बैशाख,

अफगानिस्तानको राजधानी काबुलमा पछिल्लो ४८ घण्टामा दुईवटा बम विष्फोट भएका छ । काबुलमा शनिबार भएको विष्फोटमा एक महिलाको मृत्यु भएको बताइएको छ । अन्य तीनजना घाइते भए पनि इदको पर्व अगाडि देशमा शृङ्खलाबद्ध बम विस्फोटले उत्सवको वातावरण शोकमा परिणत भएको छ । शनिबार काबुलमा चुम्बकीय बम प्रयोग गरी विस्फोट गराइएको बताइएको छ ।

अफगान प्रहरीका प्रवक्ता खालिद जाद्रानले ट्वीट गर्दै काबुलमा चुम्बकीय बम प्रयोग गरी विस्फोट हुँदा एक महिलाको मृत्यु भएको र तीन जना घाइते भएको जानकारी दिएका छन् । विष्फोटपछि घटनास्थल पुगेका सुरक्षाकर्मीले अनुसन्धान सुरु गरेका छन् । उल्लेखनीय कुरा के छ भने पछिल्ला केही हप्तामा अफगानिस्तानमा भएका शृङ्खलाबद्ध बम विस्फोटहरूले पूरै देशलाई हल्लाएको छ ।

शुक्रबारको नमाजपछि मस्जिदमा विस्फोट भएको थियो । जसमा करिब १० जनाको ज्यान गएको थियो भने धेरै घाइते भएका थिए । बिहीबार, बाल्ख प्रान्तको मजार-ए-शरीफमा दुईवटा विस्फोटन हुँदा कम्तिमा नौ जनाको मृत्यु भएको थियो र १३ जना घाइते भएका थिए । एउटा विष्फोट शैक्षिक संस्था नजिक भएको थियो भने दोस्रो विष्फोट गाडीमा भएको थियो । इस्लामिक स्टेट आतंकवादी समूहले दुईवटा विस्फोटको जिम्मेवारी लिएको छ ।

Leave a Reply