You are currently viewing बीरगंजबाट हराइरहेका कक्षा ९ का मिश्रालाई खोजि गर्न आग्रह

बीरगंजबाट हराइरहेका कक्षा ९ का मिश्रालाई खोजि गर्न आग्रह

बीरगंज, पौष १४,

जिल्ला सर्लाही गोडैता नगरपलिका वडा नं. ४ स्थायी घर भई हाल जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं. १५ भिष्वा टोल बस्ने बिनोद मिश्राको छोरा बीरगंजबाट हराइरहेका छन् ।

वर्ण गहुँ गोरो, उचाई अन्दाजी ५ फिट २ ईन्च, पातलो जिउडाल भएको तथा कक्षा ९ मा अध्यनरत वर्ष १५ को पुष्कर कुमार मिश्र पौष ११ गते आइतबार बिहान घरबाट स्कुल पढन जान्छु भनी निस्केको र अहिले सम्म सम्पर्क बिहिन अवस्थामा रहेका छन् ।

उक्त हुलिया भएको बालकलाई देख्नासाथ तत्कालै नजिकको प्रहरी कार्यालय वा निम्न मोबाईल नम्बर 9862277113, 9855090136 मा खबर गरिदिन हुन अनुरोध जिल्ला प्रहरी कार्यालय बीरगंज, पर्सामा निवेदन परेको छ ।

पोस्टलाई शेयर गरी उक्त बालकको खोजीमा सहयोग गरौं ।

Leave a Reply